साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०१ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८१ पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।

 

  • १२ कार्तिक २०८०, आईतवार ०९:१३ प्रकाशित