मुगुमा रहस्यमय घटना : तीन जना बालबालिकासहित चार जनाको शव भेटियो

केन्द्रभाग मिडिया

सुर्खेत।

मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्।

उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

  • १० कार्तिक २०८०, शुक्रबार १४:३३ प्रकाशित