पोखरा ।
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सिटी रेवानले आफ्ना पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुबीच शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सांगठनिक उपाध्यक्ष तथा पोखरा सिटी रेवानका पूर्व अध्यक्ष एवम् सल्लाहकार केपी पाध्यायले नेपालीको मौलिक चाडहरुले आपसमा सद्भाव कायम गर्न उद्धत पुग्ने बताए ।
पोखरा सिटी रेवानका अध्यक्ष दिपक तिमिल्सिनाले बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुले आपसी सद्भाव, भाईचारा बढाउँदै एकताबद्ध समाज निर्माणका लागि भूमिका खेल्ने गरेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार पार्वती जिसी, निवर्तमान अध्यक्ष पिताम्बर पौडेल, पूर्व अध्यक्ष यामबहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष तुलसा जिसी, उपाध्यक्ष राप्रसाद ज्ञवाली, महासचिव मनोज केसी, कोषाध्यक्ष प्रेम सापकोटा, सदस्यहरु वासुदेव दहाल र बद्री पौडेललगायतले बडादशैंसहित तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।