दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिने भन्दा भित्रने धेरै (विवरणसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
दसैंको फूलपातीसम्म गण्डकीमा दसैं मनाउन बाहिरिने भन्दा भित्रनको संख्या धेरै रहेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अबधिमा गण्डकीमा दसैं मान्न भित्रनेको संख्या २ लाख ३ हजार ३०० रहेको छ भने बाहिरिनेको संख्या १ लाख ६५ हजार ६५० जना रहेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार कास्की बाहेक सबै जिल्लामा बाहिरिने भन्दा भित्रनेको संख्या धेरै रहेको छ । कास्कीमा १ लाख ५ हजार जना बाहिरिँदा ७० हजार जना भित्रिएका छन् ।

गण्डकीका सबै जिल्लाको विवरण

श्रोत प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकी

 

  • ४ कार्तिक २०८०, शनिबार १७:४३ प्रकाशित