दसैं अवधिमा १ लाख ५० हजारले पोखरा छोड्ने

टिकट काटेर यात्रा गरे सुरक्षित, चाडका नाममा धेरै भाडा असुले कारबाही हुने

केन्द्रभाग मिडिया

पोखरा ।
दसैं भित्रिएसंगै पोखराबाट बाहिरिने यात्रुहरुको चाप बढेको छ । पोखराबाट विभिन्न नाका हुँदै बाहिरिनेको संख्या फूलपतीको विहानसम्म १ लाख ५ हजार जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता ट्राफिक प्रहरी वरिष्ठ नायवनिरीक्षक शिवकुमार पाठकले जानकारी दिए । उनका अनुसार दसैंको टिकाको दिनसम्म पोखराबाट डेढलाख भन्दा धेरै मानिस बाहिरिनेछन् । रोजगारी तथा विभिन्न पेशा ब्यवसायका लागि पोखरा आएका यात्रु अहिले घर फर्किका हुन् ।

पोखराबाट देशका झण्डै सबैभाग  (६३ जिल्ला) मा सेवा दिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अनुसार दसैैंका लागि मात्र टिकट बुकिङ गर्नेको संख्या जम्मा ७ हजारको हाराहारीमा छ । पृथ्वी राजमार्ग बस सञ्चलक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले टिकट काट्नेको संख्या निकै न्युन रहेको जानकारी दिए ।

पोहोर गाडी खचाखच भएपनि यसपाली कुनै चाप नरहेको उनको भनाई छ । हिजो (शुक्रबार) भने यात्रुको चाप रहेको उनले बताए । शुक्रबारमात्र १० हजार भन्दा धेरै यात्री बस चढेर बाहिरिएको उनले जानकारी दिए । पोखराबाट पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका मात्रै दैनिक २७ वटा रात्रीकालिन सेवा दिने बस र २५० वटा दिवाकालिन सेवा दिने बस छुट्ने गरेका छन् ।

अध्यक्ष केसीका अनुसरा पोखराबाट बाहिरीने अधिकाँस यात्रुले टिकटै नकाटी यात्रा गर्ने गर्छन् । पोखराबाट विशेषगरी छोटो दुरीका यात्रुले टिकट नकाटीकनै चोक-चोकमा बसेर गाडी ढुक्ने गर्छन् । उनीहरुले टिकट काट्न भन्दापनि बाग्रेनिङ गरेर यात्रा गर्ने गरेको पाइएको छ । टाढा पुग्ने यात्रुले भने टिकट काटेर यात्रा गर्ने गरेका छन् । यहाँबाट काँकडभित्ता, धरान, कटारी, बिराटनगर, जनकपुर, विरगञ्ज, फत्तेपुर, सिन्धुली, महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ लगायतका स्थानमा पुग्ने यात्रुले टिकट काट्ने गरेका छन् ।

अरुबेला बार्गेनिङ गर्दा सस्तोमा चढ्न पाइने भएपनि चाडबाडका बेला चाप धेरै हुनेहुँदा यात्रु उल्टो ठगिने सम्भावना हुन्छ । त्यसैले टिकट काटेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता शिव थापाले सुझाव दिए ।

यस्तोबेला सामान एउटाको अर्कोमा पर्ने, आफू चढेको यातायातको साधन कुन हो भन्ने यात्रुले पत्तो नपाउने जस्ता समस्या धेरै प्रहरीकोमा आइपुग्ने उनी सुनाउँछन् । ‘सामान मिस प्लेस भयो भन्ने गुनाउसो आउँछ, कुनगाडिमा हो भन्यो भने यस्तो कलरको गाडि भन्छन्,’ उनले भने ‘पहिचान गर्नै निकै कठिन हुन्छ ।’

टिकट काटेर यात्रा गरे पहिचान गर्नपनि सहज हुनेर तोकिएभन्दा धेरै भाडा तिर्नपनि नपर्ने उनले सुनाए । खासगरी नारायणगढ, बागलुङ, बेसीशहर, स्याङजा र बुटवल लगायतका क्षेत्रमा जाने यात्रुले टिकट नकाट्ने गरेको पृथ्वीका अध्यक्ष केसी बताउँछन् । समितिले टिकट काट्न आग्रह गरिरहेको उनको भनाइ छ । टिकट काटेर यात्रा गर्दा बिमा लगायतका सुविधा यात्रुले पाउँछन् । नकाट्दा केही भइहाले विवाद हुन सक्छ ।

दसैंका बेला यात्रुले बर्षभरी कामाएको रकम साथैमा लिएर यात्रा गर्नेे, गरगहना लगायरै यात्रा गर्ने र खानपानमा ख्याल नगर्दा ठगिने समेत अवस्था अउन सक्छ । यस्तो बेला यात्रुलाई समेत समयमै सचेत गराउने, बीचबीचमा अनाबस्यक सवारी नरोक्न र सुरक्षीत अनि सार्वजनिक सौचालय भएको स्थानमा मात्र रोक्न चालक सहचालकलाई सुझाएको केसीले जानकारी दिए । ‘चाडबाडका बेला आउन सक्ने जोखिमप्रति हामी सचेत छौं,’ उनले भने,‘चालक सहचालक र यात्रुलाई समेत हामी सचेत ढंगले यात्रा गर्न गराउन भेनका छौं ।’

उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी आफैले पनि बीच-बीचमा छड्के चेकजाँच गर्नेछ र यात्रालाई सहज बनाउने छ । बिशेषगरी टिकाको अघिल्लो दिन, टिकाको दिन र भोलिपल्टका लागि बसहरुका लागि क्यु फ्रि गरिएको छ । यो अबधिमा यात्रुको आबश्यकता र चाप हेरेर जुनसुकै क्षेत्रमा पनि सेवा दिन सवारी धनी र चालकलाई रोक लगाइने छैन ।

टिकाको अघिल्लो दिन र टिकाको अवधिमा यात्रु ठगिएको गुनासो आउने गरेकाले तोकिएभन्दा धेरै पैसा तिर्नुपरे प्रहरी वा स्वयम समितिमा फोन गरे रकम फिर्ता गराईने केसीले जानकारी दिए । ‘टिकाको दिनमा पनि सेवा दिँदा केही थप लिऔं भन्ने लाग्न सक्छ, तर त्यसो गर्न पाइन्न,’ उनले भने,‘त्यसो गरेको पाइए हामीलाई जानकारी गराउनुहोस्, कारबाही हुन्छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता थापाका अनुसार यात्रुलाई यात्राका क्रममा कुनै समस्या आउन नदिन पोखरा बसपार्क, छोरेपाटन, विन्ध्यवासिनी बसपाक र डाँडाको नाकमा ट्राफिक सहायता कक्ष राखिएको छ ।

  • ४ कार्तिक २०८०, शनिबार १३:१५ प्रकाशित