नेपाल प्रहरीमा ३५६ जनाका लागि जागिर खुल्यो

केन्द्रभाग मिडिया

नेपाल प्रहरीले इन्स्पेक्टर र असई गरी ३ सय ५६ जनाका लागि जागिर खुलाएको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ। प्रहरी निरीक्षक पदमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन कार्यालय समयभित्र दरखास्त दिन प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षकका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

  • ३ कार्तिक २०८०, शुक्रबार ०९:५१ प्रकाशित