अपडेट

उपप्रधानमन्त्री श्रेष्ठ निगरानीका लागि आईसीयुमा, अवस्था स्थिर

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पतालले ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ पनि देखिएको बताएको छ ।श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्न ‘स्टेन्ट’ राखिएको अस्पतालले बताएको छ । श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनको अवस्था स्थिर र अन्य भाइटल्स समेत सामान्य रहेको अस्पतालले जनाएको छ ।

ुतेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो ।

  • २ कार्तिक २०८०, बिहीबार १६:०२ प्रकाशित