इजरायल र प्यालेस्टाइनीबीच लडाइँ जारी

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए ।

  • १ कार्तिक २०८०, बुधबार ०९:२८ प्रकाशित