फिफा विश्वकप छनोट

लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबारको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३ औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि निर्णायक बन्यो ।

खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरेका हुन् । यसअघि दशरथ रंगशालामा भएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । ।

  • ३० आश्विन २०८०, मंगलवार २०:४५ प्रकाशित