एनआरएनको अध्यक्षमा चार प्रत्याशी

केन्द्रभाग मिडिया

काठमाडौं ।

गैरआवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट काठमाडौंमा सुरू भएको छ । तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद) को निर्वाचन गर्ने छ ।

जम्बो पदाधिकारी टीमसहित ७४ जनाको नयाँ नेतृत्वको चुनाव हुन लागेको हो । यसपटक अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका दुई अध्यक्ष डा. बद्री केसी (रुस)र रुबिना थापा (अमेरिका)सहित महेशकुमार श्रेष्ठ (जापान) र राजेन्द्रकुमार (आरके) शर्मा (कतार) ले अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

एनआरएनएको चुनावमा पार्टीगत हिसाबले प्यानल उम्मेदवारी परेको बुझिएको छ ।

  • ३० आश्विन २०८०, मंगलवार १५:०१ प्रकाशित