काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपाल समृद्ध नहुँदासम्म नेपालीको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने, ‘नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान तपाईँहरु (एनआरएनए) को रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।’
नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै राष्ट्रपति पौडेलले त्यसको सदुपयोग गर्न लाई आग्रह गरे । राष्ट्रपति डा. पौडेल भने, ‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग नगर्नुहोस् । र, तपाईँहरु बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस् ।’
राष्ट्रपतिले एनआरएनएको सरोकारको विषयमा नेपाल सरकारले नीतिगत तथा कानुनी व्यवस्था तर्जुमा गरेको भन्दै एनआरएनए नागरिकताको पनि व्यवस्था गरेको बताए ।
उनले विश्वका विभिन्न मूलकमा रहेका नेपालीलाई एकताबद्ध एनआरएनएले भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे । ‘यसले नेपालको समग्र विकासमा थप भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ’, राष्ट्रपतिले भने, ‘विश्वको जुन कुनामा बसे पनि नेपाली नेपाली नै हो ।’
राष्ट्रपतिले राजनीतिक परिवर्तन भए पनि संक्रमणकाल लामो बन्दा केही चुनौती पनि देशमा देखिएका भन्दै यसप्रति सबै पक्ष सचेत बन्नुपर्नेमा जोड दिए ।