पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा रहेको सम्झौता बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन सोमबार सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्ष चुडामणी देवकोटाको अध्यक्षतामा नयाँ संचालक समितिमा सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा बिष्णु देवकोटा, सचिब दिनेश कुमार जिसी, कोषाध्यक्षमा श्याम देवकोटा निर्वाचित भएका छन् ।
सदस्यहरुमा शिव प्रसाद देवकोटा, केदार देवकोटा, सादुराम देवकोटा, ऋषिराम देवकोटा, आसमाया बिक, अनिता बिक, सरस्वती क्षेत्री सहकारीको लेखा समितिको संयोजकमा पुन्य प्रसाद देवकोटा र सदस्यहरुमा राम्जी प्रसाद देवकोटा र खुमराज देवकोटा चयन भएका छन् ।
यस अगाडि साधारणसभा एवं अधिवेशनको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले समग्र देशको विकासमा सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै गाउँपालिकामा सहकारीका माध्यमबाट आफूहरुले धेरै नगर्न चाहेको बताए ।