५५ हजारमा विक्यो बझाङगे च्याङग्रा

पोखरामा च्याङग्रा बजार

केन्द्रभाग मिडिया

पोखरा ।
दशैंलाई लक्षित गदै पोखरामा भेडा च्याङग्रा ल्याउने क्रम सुरु भएको छ । दशैंका लागि प्रत्येक बर्ष मुस्ताङसगै देशका अन्य भागबाट भेडा च्याङग्रा पोखरा ल्याउने गरिएको छ ।

सोमबारसम्म पोखरामा चार हुलमा गरि एक हजारको हाराहारीमा भेडा च्याङग्रा भित्रिएको छ । विशेष गरी पोखरामा मुस्ताङे च्याङग्राको खपत हुने गरेको छ । यो वर्ष कास्कीका लागि ५८ सय भेडा च्याङग्रा हिडिसेका छन् । केही बथान पोखरा आइपुगे र विक्री समेत भइसकेका छन् भने केही बथान आउने क्रममा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की प्रमुख शम्भुराज पाण्डेले जानकारी दिए ।


मुस्ताङसगै पोखरामा पश्चिमेली जिल्ला  बझाङ, बाझुरा, डोल्पा र जुम्लाबाट समेत भेडा च्याङग्रा पोखरा आइपुगेका छन् । ३ हजार /३२ सय भेडा च्याङग्रा पोखरा आएको पाण्डेले बाए ।

भेडा च्याङग्रा बिक्रीका लागि पोखरा याम्दीपुल (पोखरा– बाग्लुङ राजमार्ग) सडकका दाँया वाँया किनारमा राखिएका छन् । गएको वर्ष दशैका लागि १२ हजार भेडा च्याङग्रा पोखरा आएका थिय । यो वर्ष पनि सोही संख्यामा भेडा च्याङग्रा पोखरा भित्रने अनुमान गरिएको छ।


दशै भन्द अन्य समयमा दैनिक १ सय ५० खसीबोका कास्कीमा खपत हुने गरेको सरकारी तथ्याङक छ । ती खसीबोका तराई र स्थानीय उत्पादनले माग धान्दै आएको छ । दशैमा  बढि खपत हुने भएकाले भेडा च्याङग्रा वाहेक १५ हजार खसिबोका कास्कीमा खपत हुने पशु सेवा विज्ञ केन्द्रको अनुमान छ ।

यो वाहेक स्थानीय स्तरमा पनि खसीबोकाको विक्री  हुने गरेको छ । मुस्ताङबाट आएका भन्दा पश्चिमका जिल्लाबाट ल्याइएका भेडा च्याङग्राको तौल बढी छ । मुस्ताङका च्याङरा ४०/ ४२ हजारमा विक्री भएका छन् भने पश्चिमबाट ल्याइएका च्याङग्रा ५५ /६० हजारसम्म विक्री भएका छन् ।

पोखरा महानगरपालिका–३३.बागमाराका बासु अधिकारीले च्याङग्राको मुल्य धेरै परे पनि रहरले किनेको बताए । वर्षमा एक पटक च्याङग्रा खान मन हुने तीनचार जना साथी मिलेर किनियो, जडिबुटी खाएको भनेर महंगो भएनी किनियो, अधिकारीले भने । बथानमा भएको सबैभन्दा ठुलो च्याङग्रो किन्दा ५५ हजार तिरेको अधिकारीले सुनाए ।


दोस्रो वर्ष बझाङबाट पोखरा भेडा च्याङग्रा ल्याएका मानबहादुर बोहराले ट्रकमा तीन दिन लगाएर पोखरा ल्याइपुर्याएको बताए । भेडा ३०/ ३५ हजार र च्याङग्रा ४५ हजारसम्म विक्री गरेको बोहोराले बताए ।

गाउपालिकाले लिने निकासी कर, बाटोमा चराएको मुल्य. एक ट्रकको एक लाख रुपैया खाना बस्न लगायतको खर्चले मुल्य बढेको बोहोराले बताए ।

  • २९ आश्विन २०८०, सोमबार १७:१५ प्रकाशित