पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ । ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्।

अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो । पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको एसपी ढुंगेलले जानकारी दिए । अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।

  • २९ आश्विन २०८०, सोमबार १४:५१ प्रकाशित