राष्ट्रियसभाको बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

  • २९ आश्विन २०८०, सोमबार १४:४५ प्रकाशित