दसैँ बिदामा पनि उच्च र जिल्ला अदालत खुल्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दसैँ बिदाका दिन पनि उच्च र जिल्ला अदालतहरूसमेत खुला रहने भएका छन् । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएका हुन् ।

उच्च अदालत पाटनका उपरजिस्ट्रार र्तीर्थराज भट्टराईका अनुसार राजश्व र बैंकिङ कसुरका मुद्दा हेर्ने सुरुको अदालत उच्च अदालत तोकिएकाले त्यही मुद्दासँग सम्बन्धित जरुरी पक्राउ पुर्जी र पक्राउ जारी गर्ने प्रयोजनका लागि उच्च अदालत खुला रहनेछ । ती मुद्दाहरूमा जरुरी पक्राउ पुर्जी जारी भएको भए जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्नुपर्ने भएमा जारी गर्ने कामका लागि उच्च अदालतहरू खुला रहनेछन् ।

त्यसै गरी जिल्ला अदालतहरू पनि सोही प्रयोजनका लागि खुला रहनेछन् । मुद्दा हेर्न सुरु अदालतको जिम्मेवारी तोकिएका सबै मुद्दाहरूमा पक्राउ पुर्जी जारी गर्ने वा जरुरी पक्राउ पुर्जी दिइएकाहरूको हकमा अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णय निर्णय गर्नेछ ।

त्यसबाहेक हालसालै सरुवा भएका न्यायाधीशहरूको फैसला लेखन लगायतका कामका लागि काठमाडौँ जिल्ला अदालतले डेढ दर्जन कर्मचारी र अफिसर खटाएको जनाएको छ ।

  • २९ आश्विन २०८०, सोमबार ११:१५ प्रकाशित