आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६२ रुपैयाँ १७ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।

 

  • २९ आश्विन २०८०, सोमबार १०:५० प्रकाशित