घट्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएसागै मूल्य समायोजन गरिएको निगमले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

योसँगै अब काठमाडौं र पोखरामा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले छुट्याएको वर्ग अनुसार काठमाडौं तेस्रो वर्गमा पर्छ। सो वर्गमा दिपायल र पोखरा पनि समावेश छ। यहाँ डिजेलको मूल्य १६८ रुपैयाँ कायम भएको छ।

त्यस्तै, पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज) स्थानमा पेट्रोलको मूल्य १६९.५० र डिजेलको मूल्य १६५.५० कायम भएको छ।

दोस्रो वर्गमा रहेको (सुर्खेत र दाङ) मा भने पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६७ कायम भएको छ।

  • २८ आश्विन २०८०, आईतवार २१:०६ प्रकाशित