विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा हरेक वर्षझै यस वर्षपनि दशैंको अवसरमा आजदेखि नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ ।

शोभायात्रासहित आज ९आइतबार० घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो ।महोसत्वको गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैँको स्वागत गरेको बताए ।आजबाट सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने छ ।

नवदुर्गा महोत्सवको अवसरमा विन्ध्यवासिनी मन्दिरबाट शोभायात्रामा नवकन्या, आरुढ नौ रथसहित विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक शैक्षिक संस्थाहरु, भजन समुहहरु शोभायात्रामा सहभागी भएका थिए । विन्ध्यवासिनी मन्दिर परिसरबाट शुरु भएको शोभायात्राले भैरवटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक परिक्रमा गर्दै मन्दिरमै पुगेर शोभायात्रा रोकिएको थियो ।

प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने समितिले जनाएको छ ।

  • २८ आश्विन २०८०, आईतवार १५:३८ प्रकाशित