पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५५ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।