आज घटस्थापना, घरघरमा जमरा राखिँदै

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान आज घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो ।

घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाको दिन आज विहानै देखि पोखरासहित देशभरका शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ ।

यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको समितिले जनाएको छ ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ ।

 

  • २८ आश्विन २०८०, आईतवार ०५:१५ प्रकाशित