कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको निर्देशन

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ९ सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । कोशी कांग्रेसका एक नेताका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

बिहीबार कांग्रेसको शेखर कोइराला पक्षले केदार कार्कीलाई नेकपा एमालेको समर्थनमा मुख्मन्त्री बनाउन प्रदेश प्रमुख समक्षन दाबी प्रस्तुत गरेको थियो । तर, सत्ता गठबन्धनले भने मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघिसार्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि कांग्रेसमा भाँडभैलो मच्चिएको छ ।

  • २६ आश्विन २०८०, शुक्रबार १४:३३ प्रकाशित