पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १४ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।