स्वास्थ्यकर्मी बर्खास्तीबारे मन्त्रीको प्रष्टीकरण : भने,‘तलब खुवाउन नसकेर निकालेको हुँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेपछि हटाएको स्पष्टीकरण दिएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको जिकिर गरे । वीरमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मी मन्त्री बस्नेतको निर्देशनमा दसैँको मुखमा एकैपटक हटाइएको थियो ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै उनले अब यो छिट्टै समाधान हुने बताए । उहाँले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने उनले आश्वस्त पारेका छन् । देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य मन्त्री बस्नेतको भनाइ छ ।

  • २३ आश्विन २०८०, मंगलवार १६:५५ प्रकाशित