पोखरा ।
हालै हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको घटनाप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । साथै इजरायमा रहेका नेपालीको उद्धार यथाशीघ्र गर्न र घाइतेहरुको उपचारका लागि कुटनीतिक पहल गर्न समेत संघले सरकारसँग आग्रह गरेको छ । मृतकहरुको शव नेपाल ल्याउने व्यवस्थाका लागि आबश्यक कदम चाल्न समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल र इजरायको दौंत्य सम्बन्ध कायम भएको छ दशक भन्दा लामो समय भएको छ । अतः इजरायमा रहेका नेपालीको सुरक्षाका लागि गंभीर बन्न इजरायल सरकारलाई आग्रह गर्दै संघले व्यक्तिगत तवरमा इजरायको भ्रमण नगर्न नेपालीजनमा आग्रह पनि गरेको छ ।