पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ ।