राष्ट्रसंघका महासचिवले संघीय संसदको बैठकलाई सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटेरेस तीन दिन नेपाल भ्रमणका क्रममा २६ असोजमा काठमाडौं आइपुग्ने छन् ।त्यसको भोलिपल्ट असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

  • २२ आश्विन २०८०, सोमबार १६:५१ प्रकाशित