आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

केन्द्रभाग मिडिया

 

काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो ।

भाडा बढाइएको छैन । पुरानै भाडादरमा टिकट पाइने छ ।विगतमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै बुकिङ खुला हुँदै आएको थियो ।

  • २२ आश्विन २०८०, सोमबार ०९:५८ प्रकाशित