हमास आक्रमणमा ज्यान गुमाएका १० नेपालीको पहिचान, शव ल्याउने प्रबन्ध मिलाइँदै

केन्द्रभाग मिडिया

तस्बिर:एएफपी

काठमाडौं ।

इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै ज्यान गुमाएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको विज्ञप्तिमा उल्लेख छ । ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजिकार्य भइरहेको जनाइएको छ ।

दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने जनाएको छ ।

ज्यान गुमाउने १० जनाको पहिचान

ज्यान गुमाउने १० जनाको पहिच इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ । इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको ज्यान गुमेको होे । पुष्टि गर्दै ज्यान गुमाउनेहरुको पहिचान भएको जनाएको छ ।

दूतावासका अनुसार ज्यान गुमाउनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्ट, सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा, कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार रहेका दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन् ।

  • २२ आश्विन २०८०, सोमबार ०६:५६ प्रकाशित