सार्वजनिक लेखा समिति सभापति निर्वाचित भए पछि पौडेलले भने– काम गरेर देखाउछु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभा अन्तरगतको सार्वजनिक लेखा समितका सभापति सुधिर कुमार पौडेलले समितिलाई प्रभावकारी रुपमा संचालन गर्ने बताएका छन् ।  समितिको सभापतिमा निर्वाचित भए पछि समितिको कार्यालयमा आइतबार पदभार ग्रहण गदै पौडेलले काम गरेर देखाउने  बताएका हुन् ।

सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए नभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो ।

सार्वजनिक लेखा समिति भनेको सुशासनसंग जोडिएको समिति हो, हामी ‘सुशासन दिन सकेनौ भने हामी सरकारको प्रभावकारीता दिन पनि सक्दैनौ’, उनले भने । समितिमा सरकार र दलको छाया परेर प्रभावकारी काम गर्न नसक्ने त हुदैन भन्ने प्रश्नमा पौडेलले सरकारको छाया पर्छ राजनीतिक दलको छाया पर्छ भन्नुभन्दा पनि हामीले काम गरेर देखाउने हो । तपाईहरु सबैको सहयोगमा कति अगाडी बढाउन सक्छौ । यो समितिमा रहनुभन्दा पनि तपाइहरुको पनि क्रियासिलता चासो घचघचाइले पनि यसलाई बढि क्रियासिल बनाउन सहयोग पुर्याउछ ।

समितिले प्रभावकारी काम गरेनन् भनेर अहिले जे पश्न उठिरहेको छ यसको यो कार्यकालमा अन्त्य हुनेछ, समिति क्रियासिल छन्, समितिहरुले काम गरेका छन्, सुशासनका निम्ति काम गरेछन् भन्ने दखाउनका लागि हामी प्रतिवद्ध छौँ, उनले भने ।

  • २१ आश्विन २०८०, आईतवार १४:४८ प्रकाशित