बझाङका भूकम्प प्रभावितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्प प्रभावितहरुलाई तत्काल ५० हजार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने बताए ।

‘भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ,ु प्रधानमन्त्री दाहालले भने, ुराहत सामग्रीहरू जस्तैस् पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।’

प्रधानमन्त्री दाहालले भूकम्पनमा परी घाइतेहरुको निस्शुल्क उपचारको प्रबन्ध गर्ने घोषणा गरेका छन् । त्यस्तै, भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री दाहालले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको क्षति मापन गरी यथाशीघ्र पुनः निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • १९ आश्विन २०८०, शुक्रबार १६:२६ प्रकाशित