महाराजगन्जमा गोली लागेर घाइते भएकी असई पत्नी शर्मिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा ज्यान गएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् ।

१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन्।

शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।

  • १९ आश्विन २०८०, शुक्रबार ०९:०५ प्रकाशित