एमाले गण्डकी अधिवेशन

३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग, तीनबजेसम्म २५० जनाले मतदान गरे 

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा सभागृह हलमा जारी नेकपा (एमाले) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचन अन्तरगत मतदान जारी रहेको छ । १२:३० बजेबाट सुरु भएको मतदानमा तीन बजेसम्म २ सय ५० जनाले मतदान गरेका छन् ।

मतदानका लागि ३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग गरिएको छ । एक जना प्रतिनिधिले १ सय १७ उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले एक जनाले अधिकतम २० मिनेट सम्म समय लिएको निर्वाचन मण्डलका संयोजक सुरेन्द्र थापामागरले जानकारी दिए ।

पोखरा सभागृहमा भइरहेको मतदानमा विधुतीय सामान, पानी र झोला लैजान प्रतिबन्द लगाइएको छ, महिला र पुरुषको अलग अलग लाई बनाइएको छ । सभागृहको मुख्य हलमा अनुभव नभएका लागि नमुना मतदानका लागि २ वटा मेसिन राखिएको छ भने त्यस पछि अर्को कक्षमा लहरै मतदानका लागि मेसिनहरु राखिएको छ । मतदान कार्यक्रम साँझ साढे ५ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएको १ घण्टा पश्चात नतिजा आउने निर्वाचन मण्डलले बताएको छ ।

मतदान स्थल वाहिर अध्यक्षका उम्मेदवार नवराज शर्मा र मायानाथ अधिकारी लगायत पदाधिकारी र सदस्य मत माग्न व्यस्त छन् ।
निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मिन प्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी र रश्मि आचार्य, उपसचिवमा दाम बहादुर वि.क. र सन्तोष रावल, उपसचिव महिलामा मञ्जु अधिकारी प्यासी र मिना गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।

९ सय ७ जना प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।

  • १८ आश्विन २०८०, बिहीबार १५:०५ प्रकाशित