काठमाडौँबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ ।

बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि टिकासमा खराबी भएपछि विमान फर्किएको हो ।

नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने गरेको छ ।

  • १८ आश्विन २०८०, बिहीबार ०८:३७ प्रकाशित