भोलि (बिहीबार) बिहानदेखि मौसममा सुधार हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि (बिहीबार)देखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।

‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ र सुधारको यो क्रम पूर्वतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिएको बताइएको छ ।

भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

पाल्पाको अर्चले र कुमालगाउँ, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि धेरै भारी वर्षा रेकर्ड भएको छ ।

  • १७ आश्विन २०८०, बुधबार १६:०० प्रकाशित