ओलीले भने, ‘ जनयुद्ध दिवश भनेर १ फागुनमा दिइएको बिदा सरकारले फिर्ता लियोस्, नत्र …’

केन्द्रभाग मिडिया

पोखरा ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताए ।

२०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र युद्ध २०५२ साल फागुन १ गतेदेखि सुरु भएको थियो । यसकैको सम्झनामा माओवादी केन्द्र र अन्य माओवादी घटकले १ फागुनलाई जनयुद्ध दिवशको रुपमा मनाउँदै आएका छन् ।

 

  • १६ आश्विन २०८०, मंगलवार १४:५६ प्रकाशित