अभिनेता अनमोल केसी हिरासत मुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आर्थिक लेनदेन विवादमा शुक्रबार पक्राउ परेका उनलाई खोजेको बेला उपस्थित हुने गरी आइतबार राति हिरासमुक्त गरेको हो । उनलाइ अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । त्यसैको आधारमा प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै उनले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

  • १४ आश्विन २०८०, आईतवार २१:३७ प्रकाशित