एमाले गण्डकीको अधिवेशन तयारी पुरा, भोलि अध्यक्ष ओलीले उद्घाटन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले गण्डकी आफ्नो पहिलो प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर एमाले गण्डकीले   अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । अधिवेशन १५ र १६ गतेका लागि तोकिएको छ । पोखरा अमरसिंह माविको चौरमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्ने कार्यक्रम छ ।

अधिवेशनका लागि प्रतिनिधिको व्यवस्थापन र बन्द शत्रको तयारी गरिएको गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले जानकारी दिए । प्रतिनिधिका लागि पोखराका २१ वटा होटल बुक गरिएको छ ।

असोज ९ गतेसम्मको लागि प्रतिनिधि छनोटका लागि दिइएको समयमा ९०७ जना प्रतिनिधि छनोट भएको प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले बताए ।

अधिवेशनको उद्घाटन कार्यक्रम पहिले औद्योगिक क्षेत्र, हस्पिटल चोक,  बुद्धचोक र बसपार्कबाट ¥याली सुरु भइ अधिवशेन उद्घाटन हुने स्थलमा पुग्ने शर्माले जानकारी दिए ।

अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीका लागि धेरैले आकांक्षा गरेकाले मतदनका लागि समेत तयारी गरिएको अध्यक्ष शर्माले बताए । नेतृत्व सहमतिमै चयन गर्नका लागि छलफल भइरहेको पनि उनले बताए । बन्दशत्रको कार्यक्रम भने पोखरा सभागृहमा तय गरिएको छ । मतदान गर्नुपर्ने अवस्थामा मेसिनबाटै भोटिङ गर्ने व्यवस्था मिलाइएको छ ।

  • १४ आश्विन २०८०, आईतवार १७:४१ प्रकाशित