हिरासतमा रहेका अनमोलले भने : १० लाख फिर्ता लैजानूस भन्दा पनि निर्माता मानेनन्

केन्द्रभाग मिडिया

काठमाडौ ।

प्रहरी हिरासतमा रहेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् ।

फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले प्रहरीसँगको सोधपुछमा स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको ब बताएका छन् । ‘निर्माताले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो । मैले फिर्ता लैजानूसभन्दा पनि उहाँहरुले मान्नुभएन’ अनमोलको भनाई उध्दृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले भनेका छन्।

ती अधिकृतका अनुसार निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ दाबी गरेको छ । उसले प्राविधिक लगायतका अन्य पक्षमा उक्त रकम खर्च भैसकेको जनाएको छ । ‘दुई पक्षबीच सम्झौता पत्र पनि देखिएको छैन’ ती अधिकृतले भने ।

शुक्रबार पक्राउ परेका अनमोललाई प्रहरीले चिरायु अस्पतालबाट आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा लगेको थियो ।

  • १४ आश्विन २०८०, आईतवार १५:५३ प्रकाशित