काठमाडौँ ।
नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।
बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन समेत दिएको छ ।
नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।