नेपाल एसियाडको क्वाटरफाइनलमा : माल्दिभ्स १३८ रनले पराजित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।

समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सलाई १३८ रनले हराएको हो । २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो । माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक(एक विकेट हात पारे ।

  • १४ आश्विन २०८०, आईतवार १०:१३ प्रकाशित