७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटकको जम्बो टोलीले आज पोखराको तालवराही मन्दिरमा दर्शन गरेका छन् ।

भ्रमणमा आएका ७ सय ३० जनाको टोलीले फेवा ताल अहिलेसम्मकै बढि भिडभाड देखिन्थ्यो । उनीहरु डुङगामा चढेर तालवराही मन्दीर जान ठेलमठेल भिड लागेको थियो ।

१३ दिनको नेपाल भ्रमणका क्रममा उनीहरु पोखरा आइपुगेका हुन् । ती पर्यटकले पोखरा विभिन्न पर्यटकिय स्थलको भ्रमण गदै लेकसाइड, फेवाताल र तालवाराही मन्दिरमा दर्शन गरेका हुन ।


पर्यटकले भजन किर्तन गदै सडकमा हिडेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तीनाथको दर्शन गरे पछि लगातार पोखरा आउने भारतीय पर्यटकको संख्या बढेको व्यवसायीले बताएका छन् ।

होटल व्यवसायी अर्जुन खनालले इतिहासमै पहिलेपटक धार्मी पर्यटकको ठुलो संख्यामा आएको बताए । उनीहरु पोखरामा करिब ४ दिनको बसाइ रहेको छ ।


आइतबार उक्त टोली ५४ जना हवाई मार्ग हुँदै र अन्य एक सय भन्दा बढि स्कोरपियो गाडीमा मुक्तिनाथ जाने बताइएको छ ।
उनीहरु लुम्बिनी, जानकी मन्दिरको दर्शनी पछि असोज ९ गते काठमाडौं पुगेका थिए ।


उनीहरुले भारतदेखि ५२ वटा सवारी साधनमा लिएर आएका हुन् ।

सिजनको सुरुवातमा तेस्रो मुलुकको पर्यटक छिटफुट आउँदा छिमेकबाट भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ ।

  • १३ आश्विन २०८०, शनिबार १५:१४ प्रकाशित