गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य भएको छ ।  बिहीबार बसेको प्रदेश सभाको बैठकमा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको पत्र पढेर सभामुख कृष्ण प्रसाद धितालले बर्खे अविधेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

यसअघि बिहिबार विहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

अधिवेशन अन्त्य हुनअघि आजै प्रदेश सभाको ४१ औँ बैठकले गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय सामान्य छलफल पछि दफावर छलफलका लागि सम्बन्धीत समितिमा पठाएको छ ।

ती विधेक बैठकले सर्वसम्मत पास गरेर समितिमा पठाइएको सभामुख धितालले जानकारी दिए । यस्तै महालेखा परिक्षकको आर्थिक वर्ष २०७७ /०७८ र २०७८/०७९ वार्षिक प्रतिवेदन पनि सम्बन्धीत समितिमा पठाइएको छ ।

प्रदेश सभाले वर्खे अधिवेशनमा तीनवटा विधेयक पास गरेको छ । बजेटसंग सम्बन्धीत बिनियोजन विधेक र आर्थिक विधेक, प्रदेश बन विधेयक प्रदेश सभाले यो अधिवेशनमा पास गर्यो ।

अधिवेशनमा मुख्यमन्त्रीसंग प्रश्नोत्तरको पनि अभ्यास भयो । भने जनजिविकाका सवालमा प्रदेश सभा सदस्यहरुले सरकारको ध्यानकर्षण गराए ।

  • ११ आश्विन २०८०, बिहीबार १८:२६ प्रकाशित