देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए ।

नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

  • ११ आश्विन २०८०, बिहीबार १०:०० प्रकाशित