डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुमाथि भएको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको जनाएका छन् । पछिल्लो समय चिकित्सकहरुले आफूहरुमाथि भएको हातपात र दुव्यर्वहारको विरुद्धमा आन्दोलन गरेका छन् । यही सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनको फेसबुक स्टाटस यस्तो छ–

मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।

  • १० आश्विन २०८०, बुधबार १७:४२ प्रकाशित