पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरुले अनिश्चिकालिन आन्दोलन सुरु गरेका हुन् ।
चिकित्सकहरुको आन्दोलनमा समर्थन जनाउँदै पोखराका अस्पतालहरुले आज आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेका छन् ।
चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट ¥यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरेका थिए ।
सो अवसरमा बोल्दै अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे ।
यसअघि ¥यालीमा सहभागी चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ ’लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए ।
लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो ।
यसैबीच काठमाडौं पनि हिजो देखि नै चिकित्सकहरुले आन्दोलन जारी राखेका छन् । हिजो सरकारसँग वार्ता भएर सहमति भएपनि भएका सहमति कार्यान्वयन नभएसम्म र चिकित्समाथि आक्रमण गर्नेलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुले अडान लिएका छन् ।