आज युरोको भाउ घट्यो, डलर र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ ।

हिजो युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा थियो । यस्तै आज डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

आज पाउण्ड पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ २२ पैसा थियो ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा रहेको छ ।

  • १० आश्विन २०८०, बुधबार ०९:३९ प्रकाशित