पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ ।
जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।