पर्यटन दिवसमा फेवा फेरोमा पदयात्रा

केन्द्रभाग मिडिया

पोखरा ।
विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीले मंगलबार पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । टानले मार्कि–सिम्ले– पात्ले–पुम्दीकोटको पदयात्रा सम्पन्न गरेको हो ।

करिब ३ घण्टाको उक्त  पदयात्रा कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा सरकारका सचिव बिनोद कुँवर, कर्मचारी, पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।


करिब १४ किलोमिटरको उक्त पदयात्रामा पदयात्रा गरिएको हो । पदयात्रामा पुम्दिकोट पुगी औपचारीका कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेस सांसद प्रकाश बरालले फेवा सर्किटको रुपमा विकास गर्ने गरि यसबै वर्ष देखी काम गर्न प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए । फेवा तालको डेमसाइडबाट रानीबाट हुदै पामेको मार्किसम्म र मार्किबाट सम्ले– पात्ले–पुम्दीकोटको पदयात्रा सर्किट पुरा गरिने गरि यसै आर्थिक वर्षबाट देखिने गरि अनुभूत हुने गरी कार्य प्रारम्भ हन्छ, पर्यटककको बसाई समय लम्बाउने छ, बरालले भने ।


प्रदेश नीति तथा योजना आयोगक उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले प्रदेशको दोस्रो पञ्चर्वीय योजनामा पर्यटनका कार्यक्रमलाई समेट्ने बताए । व्यवस्थित रुपमा विकास हुन नसक्दा पदमार्ग मासिन गएकाले हामीले पदमार्गलाई पदमार्गकै रुपमा परिस्कृत रुपमा विकास गरेर अरु रोडहरुलाई विकास गर्नुपर्छ हामी त्यसै गरी योजना बनाउने क्रममा छौँ, उनले भने ।


टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले समयको व्यस्तताले पर्यटकहरु लमो समय भन्दा पनि छोटो समयका लागि आउने गरेको बताए । पर्यटकहरु लामो दुरी जाने समय हुदैन–छैन छोटो दुरीको पदयात्रामा धेरै मनोरम दृष्य हेर्न पाए पछि त्यसमा पर्यटकहरु ललाहित हुन्छन्, घुम्न पर्यटक आउछन् पन्थीले भने ।


पदमार्ग निर्माणले आगामी दिनमा पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा पर्यटन व्यवसायीले अपेक्षा व्यक्त गरे । यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाटमात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकेै नजरमा हेरेर रमाउन पाउने छन् । पोखरालाई उत्तरतर्फबाट पारेर हिमाल र ताल एकै पटक हेर्न सकिने भएकाले यो मार्ग पर्यटकको रोजाईमा पर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि हाल २ देखि ३ दिनमात्र छ । फुट ट्रयाक निर्माणले थप एक दिन बसाइँ लम्बिने पर्यटन व्यवसायीहरुको अनुमान छ ।

पर्यटन दिवसको अवसरमा गण्डकी सरकारसंग मिलेर पोखरा पर्यटन परिषद्ले विविध कार्यक्रमको आयोजना गरिरहेको छ ।

  • ९ आश्विन २०८०, मंगलवार १८:४४ प्रकाशित