मणिपालका डक्टरमाथि कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा। सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।

उनीहरुले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं रु लगायत प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

डाक्टरमाथि हातपात गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • ९ आश्विन २०८०, मंगलवार १४:५२ प्रकाशित